अवैध लागूऔषध सहित ४ जना पक्राउ

Yangle News
Yangle News
२०७९ अशोज ३० गते
अवैध लागूऔषध सहित ४ जना पक्राउ

अवैध लागूऔषध सहित काठमाडौं धोबिचौरबाट प्रहरीले ४ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरीले नुर्फिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल  र नगद २ हजार ५ सय रुपैयाँ बरामद गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा पाख्रिबास नगरपालिका -१० चुहाङ घर भई हाल धोबिचौर बस्ने १८ वर्षीय सुजल मगर र उनका साथी थिए ।

मगरले आफ्नो कोठामा लागूऔषध लुकाई छिपाई बिक्रिबितरण गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा लुकाई  राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको  हो ।

281 views