सुनको मूल्य आज पनि घट्यो

Yangle News
Yangle News
२०८० अशोज १२ गते
सुनको मूल्य आज पनि घट्यो

 

निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय  रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ ।

यो साता पछिल्लो चारदिनमा सुनको मूल्यमा ३ हजार चार सय रुपैयाँले गिरावट आएको छ ।

आइतबार र सोमबार सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हिजो प्रतिऔंस १८७६.१२ डलर रहेको सुन घटेर १८६७.६२ डलरले कारोबार भइरहेको छ ।

त्यस्तै, हिजो प्रतिऔंस २२.५१ डलरमा कारोबार भएको चाँदी आज २३.०१ डलर पुगेको छ ।