झोलुङ्गे पुलको सामान बोकेको ट्याक्टर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु

Yangle News
Yangle News
२०७९ पुस १२ गते
झोलुङ्गे पुलको सामान बोकेको ट्याक्टर दुर्घटना हुँदा बझाङमा २ जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

छविसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

सोमबार बेलुकी करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा–५ का चालक मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको थियो। रासस

448 views