चीनको गान्सुमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

Yangle News
Yangle News
२०८० पुस ३ गते
चीनको गान्सुमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

चीनको उत्तरपश्चिम गान्सु राज्यमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । ७ सय घाइते भएका छन् । घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।

सोमबार मध्यरातमा गान्सुको जिस्हिसान काउन्टीमा गएको ६.२ म्याग्निच्युडको  भूकम्पका कारण सो क्षेत्रका पाँच हजारभन्दा बढि भवनहरु भत्किएका छन् । भौतिक संरचना, खानेपानी, विद्युत, यातायात र सञ्चारमा क्षति पुगेको छ । दर्जनौ सडकहरु पहिरोका कारण अबरुद्ध भएका छन् ।

पूराना र माटोले बनेका घरहरु भएकाले पनि बढी क्षति भएको बताइएको छ ।

यसैबीच, राष्ट्रपति सी चीनफीङले मानिसहरुको जीवन र सम्पत्ति रक्षाको सुनिश्तिताका लागि खोज र उद्धारको कार्यलाई प्रभावकारी ढंगबाट गर्न आग्रह गरेका छन् । उद्धारका लागि हजारौको सख्यामा मानिसहरु खटाइएको वीवीसीले जनाएको छ ।

यो भूकम्प चीनमा सन् २०१४ यताकै खतरनाक बताइएको छ । जसमा ६ सय मानिसको मृत्यु भएको थियो । विस्थापितहरु माइनस १३ डिग्रीको तापमानमा शिविरमा बसेका छन् । चीनकै दुर्गम पहाडी गान्सु प्रान्त गरिब र जातीय विविधता भएको क्षेत्र मध्ये एक हो ।