‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा

Yangle News
Yangle News
२०८३ बैशाख २ गते
‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । टाइटल पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले भदौ २६ गते चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ ।

चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । यो चलचित्रले लोभी युवक कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक गुरुङ बताँछन् । चलचित्रमा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय छ ।

सुशन प्रजापतिले खिचेको चलचित्र सुरेन्द्र पौडलले सम्पादन गरिरहेका छन् ।