अमेरिकामा चिनियाँ सामानको आयात ५० प्रतिशत घट्यो

Yangle News
Yangle News
२०८० जेष्ठ २४ गते
अमेरिकामा चिनियाँ सामानको आयात ५० प्रतिशत घट्यो

 

अमेरिकाले चिनियाँ सामानको आयातमा कटौति गरेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार दस वर्षको अन्तरालमा पहिलो पटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको हो ।

परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमा नै चिनियाँ उत्पादनको आयात कटौती गरेको हो ।

दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ ।

भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनप्रति पनि अमेरिकी उपभोक्ता आकर्षित भएको तथ्याङ्कले देखाएको छ । चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् ।

अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिसोरिङ इन्डेक्सका आधारमा गत वर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामान थियो ।

284 views