पैदलयात्री वृद्धलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

Yangle News
Yangle News
२०८२ फाल्गुन ५ गते
पैदलयात्री वृद्धलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

पैदलयात्री वृद्धलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कारचालक पारस बम रहेको खुलेपछि उनी मंगलबार (फागुन ५) पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनलाई उपत्यका ट्राफिक कार्यालयलको टोलीले पक्राउ गरेको हो ।

बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।