यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Yangle News
Yangle News
२०८२ बैशाख १९ गते
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को मान्यताअनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले सबैसँग मित्रताको हात अघि बढाइने बताए । छिमेकी मित्रराष्ट्रसँगको पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने उनले उल्लेख गरे ।

पूर्णपाठ :