प्रधानमन्त्री शाहलाई हर्क साम्पाङको प्रश्न- लुकेर बस्ने के प्रवृत्ति हो यो ?

Yangle News
Yangle News
२०८३ जेष्ठ १ गते
प्रधानमन्त्री शाहलाई हर्क साम्पाङको प्रश्न- लुकेर बस्ने के प्रवृत्ति हो यो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले संसद्‌मा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिने टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको ठहर हुने भन्दै उनले चार दृष्टान्त प्रस्तुत गरेका छन् । ‘…कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्यसमेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले जनताको सार्वभौम सदनलाई अपमान गरेको उनको आरोप छ । जनताका प्रश्नको उत्तर नदिई प्रधानमन्त्री लुकेर बसेको उनले टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘संसद्‌बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृत्ति हो यो ? यसले कस्तो नजिर बसाउँछ ?’

विज्ञप्ति :

Yangle News