बिपीको राजनीतिक चिन्तनको मार्ग पछ्याइरहेका छौं : सभापति देउवा

Yangle News
Yangle News
२०८० भदौ २४ गते
बिपीको राजनीतिक चिन्तनको मार्ग पछ्याइरहेका छौं : सभापति देउवा

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बिपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बिपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बिपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत भएको देउवाले बताए ।

पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा काग्रेसले आजदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव आयोजना गरेको हो ।

261 views