सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाह गर्नुभएको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ ।
आज सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने ? भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।
असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकालको कैद मिनाह गरेका थिए ।
राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएको थियो ।