प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

Yangle News
Yangle News
२०८२ मंसिर १८ गते
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । भोलि ४ बजे बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहनेछन् ।

यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो । भोलिको छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई मात्रै बोलाइएको छ । बैठक माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरे पनि वातावरण बनाउन नसकेको भन्दै दलहरूले असन्तुष्टि जनाउन थालेपछि प्रधानमन्त्रीले सक्रियता बढाएकी छन् । यस क्रममा उनले विभिन्न पक्षसँग लगातार छलफल गरिरहेकी छन् ।