प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेशको नामबारेको विवादको संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले
संवाद नगरी कन्फ्रन्टेसनमा जाने हो भने परिवर्तन उल्ट्याउन चाहनेहरुले फाइदा उठाउन सक्ने प्रधानमन्त्री दाहालले बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरण, ललितानिवास र सुन काण्डमा सरकारले चालेको कदमबाट एकथरी मानिस आतंकित भएको बताए ।
सुशासनको पक्षमा काम गर्ने सरकारको प्रयासमा जनताको साथको आवश्यकता अपरिहार्य रहेको उनले बताएका थिए ।