यस्ता छन् बिपी साहित्य महोत्सवका कार्यक्रमहरु

Yangle News
Yangle News
२०८० भदौ २४ गते
यस्ता छन् बिपी साहित्य महोत्सवका कार्यक्रमहरु

आजदेखि  ‘बिपी साहित्य महोत्सव –२०८०’ शुरु भएको छ। नेपाली साहित्यका शिखर पुरुष   बिपी कोइरालाको ११०औं जन्मोत्सवको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय  बि.पी. नगर ललितपुरमा आयोजना भएको महोत्सवमा १५ वटा शीर्षकमा कार्यपत्र पेश हुँदैछन् ।

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

यस वर्ष बिपीको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना,  नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा बिपी साहित्य महोत्सव सुरु भएको हो ।

Yangle News

 

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । पहिलो दिन आज बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शनबाट महोत्सव सुरु भएको थियो । आज दिनभर विपीका दृष्टिमा विपी, विपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग–अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ । पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ ।

दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ । माक्र्स, गान्धी र विपी, आजको लोकतान्त्रिक समाजावादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दने छन् । त्यसपछि विपीले नपाएका १५ वर्ष, विपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा विपी, युवा स्रष्टामा विपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन् । दोस्रो दिनको अन्तमा ३० गजलकारबाट गजल साँझको आयोजना हुने छ ।

Yangle News

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ । त्यसपछि विपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण रहेको छ । त्यसपछि समावेशिता, सामाजिक रुपान्तरण र विपी, समय र सबाल्र्टन, विपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी विषयमा अलग–अलग सत्र सञ्चालन हुनेछन् । अन्तिममा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ ।

पहिलोपटक आयोजना गरिएको यस महोत्सवमा कांग्रेसले सहभागिताका लागि प्राज्ञिक तथा विद्वान वुद्धिजीवी, अध्येता एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरेको छ ।

383 views