विधागत पत्रकारिता हाते पुस्तक विमोचन गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटा, प्राध्यापक रामकृष्ण रेग्मी लगायतले पुस्तक विमोचन गरेका हुन् ।
सो अवसरमा मन्त्री श्रेष्ठले विमोचन गरिएको पुस्तकले पत्रकार तथा यश क्षेत्रमा रुचि राख्नेहरूलाई उपयुक्त हुने बताए । उनले पुस्तकका लेखक तथा सम्पादकलाई धन्यवाद दिँदै पत्रकार ज्ञान उत्पादन गर्ने श्रमिक रहेको उल्लेख गरे ।
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयमा भएको पुस्तक विमोचन कार्यक्रममा बोल्दै रजिस्ट्रार सापकोटाले पुस्तकमा छुटेका केही विषय आगामी दिनमा पूरा गरिने उल्लेख गरे ।
पुस्तकमा १९ वटा विधागत सामाग्री रहेको बताउँदै उनले नेपालमा पहिलो पटक विधागत पत्रकारिताको पुस्तक प्रकाशन गरेको बताए । ४२५ पृष्ठको पुस्तकमा १९ जना लेखकले विधागत सामग्री तयार पारेका छन् ।