यी हुन् काउन्सिलले कारबाही गरेका ४८ सामाजिक सञ्जाल

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
यी हुन् काउन्सिलले कारबाही गरेका ४८ सामाजिक सञ्जाल

प्रेस काउन्सिल नेपालले विभिन्न ४८ सामाजिक सञ्जालहरूलाई कारबाही गरेको छ । आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले उनीहरूलाई कारबाही गरेको हो ।

मिडियअन्तर्गत आबद्ध र मिडियाकै झल्को दिनेगरी सामाजिक सञ्जालबाट गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त, अफवाहपूर्ण, हिंसा, उत्तेजना, सन्त्रासलाई बढावा दिने त्यस्ता सञ्जालहरूलाई कारबाही गरिएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत आबद्ध भएका २५ सञ्जाललाई प्रतिकुल सामग्री सम्पादन तथा स्थगन गराउन निर्देशन दिनुको साथै त्यस्ता कार्य नगर्न सचेत गराइएको काउन्सिलले जनाएको छ ।

त्यस्तै मिडियामा आबद्ध नभएका १३ वटा सञ्जाललाई अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

विज्ञप्ति :

Yangle News

Yangle News

Yangle News Yangle News