आगामी आर्थिक वर्ष (सन् २०२४) मा नेपालको अर्थतन्त्रमा केही सुधार आउने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१\८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको थियो ।
गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत रहेको थियो । जबकी आर्थिक वर्ष ०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ६ प्रतिशत रहेको थियो ।
यस्तै, प्रतिवेदनले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरेको छ । सन् २०२३ मा २ दशमलव ६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २ दशमलव ४ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।