सन्दिप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

Yangle News
Yangle News
२०७९ कार्तिक ६ गते
सन्दिप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप २ दिनको समय दिएको छ ।

हिरासतमा रहेका लामिछानेलाई अनुसन्धान गर्न अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि आज फेरि अदालतले समय थपेको हो ।

यससँगै सन्दीप तिहारसम्म हिरासतमै रहने भएका छन्। भोलिबाट अदालत बिदा हुने भएकाले उनी तिहारसम्म हिरासतमै रहने निश्चित भएको हो। तिहार लगत्तै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुनेछ।

पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। पहिलोपटक ७ दिनको म्याद दिइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो।

त्यसपछि गत बुधबार थप चार दिन म्याद अदालतले दिएको थियो। आइतबार पुनः दुई दिनको म्याद अदालतले दिएको हो

294 views