नेकपा माओवादी केन्द्रले चीनले जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्प कमल दाहालले चीन भ्रमणमा कुरा राख्ने बताएको छ । भोलि सुरु हुने माओवादीको विशेष अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले कूटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।
चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चाँसो दिएको भन्दै उनले कूटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारेका हुन् । फरक प्रसगमा उनले पछिल्लो राजनीतिक घटनाक्रमले गठबन्धन दलहरूबीच कुनै विवाद नभएको दाबी समेत गरे ।