श्रम संस्कृति पार्टीमा सुदन समूहलाई ३ पदाधिकारी र १५ केन्द्रीय सदस्य

Yangle News
Yangle News
२०८३ बैशाख ३१ गते
श्रम संस्कृति पार्टीमा सुदन समूहलाई ३ पदाधिकारी र १५ केन्द्रीय सदस्य

श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किराती समूहले तीन पदाधिकारीसहित महत्त्वपूर्ण जिम्मेवारी पाएको छ ।

पार्टी प्रवेशकै समयमा किरातीलाई वरिष्ठ नेताको भूमिका दिने सहमति भएको थियो। सोही सहमतिअनुसार किराती पक्षबाट प्रकाश विकल्प उपाध्यक्ष तथा टीकाराम राई सचिवमा चयन भएका छन् ।

यससँगै किराती समूहबाट १५ जना केन्द्रीय सदस्य पनि मनोनीत भएका छन् । केन्द्रीय सदस्यमा बी श्रेष्ठ (भक्तपुर), दीपेन्द्र वान्तवा (संखुवासभा), पुरञ्जन राई (काठमाडौं), लालध्वज नेम्वाङ (पाँचथर), हेमन्त राई (भोजपुर), जनक गिरी (उदयपुर), सालिक राई (धरान), डा. संगम खैजु (भक्तपुर), कनकाइष्ट राई (खोटाङ), सरिता राई (ललितपुर), राकेश किराँती (उदयपुर), ताजिना विष्ट (इटहरी), अमित राई (ललितपुर), साराधा भट्टराई (ओखलढुङ्गा) र प्रमिला राई (खोटाङ) रहेका छन् ।