रुस– युक्रेन युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ ।
वडाध्यक्ष राजु कुँवरका अनुसार परराष्ट्र मन्त्रालयबाट अर्यालको मृत्यु भएको जानकारी प्राप्त भएको हो । उनको २८ डिसेम्बर अर्थान पुस १२ मा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबाई हुँदै रुस गएका थिए ।
नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका हुन ।