यस्ता छन् भारतसँग भएका द्वीपक्षीय सम्झौताहरु

Yangle News
Yangle News
२०८० जेष्ठ १८ गते
यस्ता छन् भारतसँग भएका द्वीपक्षीय सम्झौताहरु

 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा बिहीबार नेपाल र भारतबीच विभिन्न द्वीपक्षीय सम्झौता भएका छन् । आज बिहान भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलन मार्फत् दुई देशबिच भएका सहमति सार्वजनिक गरिएको हो ।

नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सहमतिबारे जानकारी दिएका हुन् ।

–  नेपाल भारत पारवहन सम्झौता नवीकरण ।

–  सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म  पुर्‍याउने सहमति भएको छ ।

–  परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने ।

– चाँदनी  दोधारामा एकीकृत जाँच चौकी बनाउने ।

–   तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

–  ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता ।

– भारतीय कम्पनी सतलज जलविद्युत् निगमले २१ प्रतिशत बिजुली पाउने ।

–   डिजिटल पेमेन्ट सम्झौता ।

419 views