लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’

Yangle News
Yangle News
२०८० बैशाख २६ गते
लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’

बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो ।

‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको ट्राभल मार्ट सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन गरिसकिएको छ ।

मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु, टुर अपरेटर, बुद्धिस्ट एशोसिएसनका प्रतिनिधि, नेसनल टुरिजम काउन्सिलका प्रतिनिधिलगायतको सहभागिता रहने नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिएका छन् ।

लुम्बिनीको होटल पवन प्यालेसमा हुने मार्टमा देश तथा विदेशका दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।

312 views