आहा रारा गोल्डकपको उपाधी पहिलो पटक आर्मीलाई

Yangle News
Yangle News
२०८० माघ २० गते
आहा रारा गोल्डकपको उपाधी पहिलो पटक आर्मीलाई

आहा रारा गोल्डकपको उपाधी विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । पाँच पटकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान एक-एक गोल गरे । खेलको ३८औं मिनेटमा आर्मीका जिलेप्सीजंगले,  ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले र ९४ औं मिनेटमा वसन्त जिम्बाले आर्मीका लागि गोल गरेका थिए । यसअघि ४ पटक फाइनलमा पुगेर पनि त्रिभुवन आर्मी उपाधिविहीन थियो ।

थ्रीस्टारले भने प्रतियोगितामा ६ पटक सहभागी हुँदा ५ पटक उपाधि जितिसकेको छ । आर्मीले आफ्नो हारको श्रृंखला अन्त्य गर्दै १५ औं सहभागितामा पहिलो पटक उपाधि जितेको हो ।