युइएफए च्याम्पिएन्स लिगको समुह चरणको खेलमा गय राति पिएसजी घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । एन्टोनियो सिल्भाले पेनाल्टी बक्समा जुआन बर्नाटमाथि फउल गरेपछि फ्राप्त पेनाल्टीमा एमबाप्पे चुकेनन् ।
६२औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्को भेराट्टीले सिल्भालाई फाउल गरेपछि बेन्फीकाले पेनाल्टी पाएको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
अर्जेन्टिनी फरवार्ड लियोनल मेसी चोटका कारण गएराति खेल्न पाएका थिएनन्।
बेन्फिकासँग पिएसजीको यो दोस्रो बराबरी हो । यसअघि पनि पिएसजीले बेन्फिकासँग १–१ गोलको बराबरी खेलेको थियो । यो बराबरीसँगै समूह ‘एच’ मा पिएसजी र बेन्फिकाको समान ८ अंक भएपनि बढी गोलको आधारमा पिएसजी शीर्ष तथा बेन्फिका दोस्रो स्थानमा छ । युभेन्ट्स र मकावी हाइफाको समान ३ अंक रहेपनि युभेन्ट्स गोलअन्तरमा तेस्रो तथा मकावी पुछारमा छ ।
यस बराबरी सँगै पिएसजीले २ खेल अगाडिनै अन्तिम १६ मा पुग्ने मौका गुमाएको हो।