राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ । आज जारी मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो लक्ष्य राखेको जनाएको हो ।
बजेटले आर्थिक वर्ष २०८१–८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ । जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ । वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ ।
राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो । गत वर्षभरीको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत थियो ।