सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना हुँदा पाइलट सहित २ जना गम्भीर घाइते भएका छन् ।
स्थानीय भविन गुरुङ र गम्भीर घाइते पाइलटलाई नेपाली सेनाको टोलीले उद्धार गरि उपचारका लागि काठमाडौँ पठाएको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा दुर्घटना भएको हो ।
हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीय दुर्घटनामा परेकाहरुको उद्धारमा खटिएका छन् ।