फोहाेरी भएका आध्यात्मिक कुराहरु सफा गर्न जरुरी छ : मन्त्री किराँती

Yangle News
Yangle News
२०७९ फाल्गुन २७ गते
फोहाेरी भएका आध्यात्मिक कुराहरु सफा गर्न जरुरी छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले हाम्रा आध्यात्मिक कुराहरु फोहाेरी भएकाले मूल्य, मान्यता हराउँदै गएको बताएका छन् । शनिवार  सुरु  तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किरातीले  अब समाजसँग जोडिएको विकृतिहरु सफा गर्नुपर्नेमा जोड दिए ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले थाल्यो पशुपति क्षेत्रको सरसफाई

पशुपति क्षेत्र नै सफा गर्न नसके देश सफा गर्न नसकिने उनको भनाइ थियो ।  ‘आस्थाको केन्द्र पशुपतिनाथ नै फोहोर राख्छौं भने यो देश कहिले सफा गर्छौं,’ उनले प्रश्न गरे, ‘त्यसैले प्रतिकात्मक रुपमा पशुपतिलाई हामीले सफा गरे यो देश सफा गर्नसक्छौँ ।’

Yangle News

पशुपति क्षेत्र विकास कोषले पशुपति सफा गर्ने योजना बनाउनु पर्ने बताउँदै उनले पर्यटन  मन्त्रालय अन्तर्गत निर्देशिका पठाएको पनि जनाकारी दिए ।  उनले  भने, ‘निर्देशिका अनुसार काम भएन भने त्यही अनुसार कारबाही गर्नेछौँ । यहाँ धेरै लापरबाही छ।’
ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकताका कारण कुनै पनि योजनामा सफलता नमिलेको भन्दै यस्तो मानसिकता भत्काउनु पर्नेमा मन्त्री किराँतीले जोड दिए ।

मन्त्री किराती आफैँ कुचो लगाएर र आसपासका क्षेत्रहरुको फोहोर टिपेर पशुपति सरसफाइमा सहभागि भएका थिए । तीन महिनासम्म हरेक शनिवार ८ बजेदेखि १० बजेसम्म पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।