राष्ट्रियसभाको आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ । आज बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११: ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।
साथै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।