रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलित

Yangle News
Yangle News
२०८१ असार ५ गते
रकम भुक्तानीको माग गर्दै दुग्ध किसान आन्दोलित

 

दुग्ध विकास संस्थानले किसानको रकम भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले करिब ७ महिनादेखि दूधको रकम भुक्तानी नपाएको भन्दै काठमाडौंको लैनचौरस्थित दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान (डीडीसी) अगाडि आन्दोलन गरेका हुन ।

किसानहरु डिडिसिमा तालाबन्दी गर्ने भन्दै अगाडि बढेपछि ५० जनाभन्दा बढी दुग्ध किसानालाई नियन्त्रणमा लिएर कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । उनीहरुलाई केहिबेरमा छोडिएको थियो ।

वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार दूध किसानको रकम नआउँदा समस्या रहेकाले आन्दोलन गर्नुपरेको किसान बताउँछन् । वैशाखमा डीडीसी र निजी डेरीले दूधको रकम दिए पनि दूध किसानको बक्यौता भने अझै बाँकी नै रहेको आन्दोलितहरुको भनाइ छ । किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी रहेको बताइएको छ ।