अवैध संरचना हटाउन काठमाडौं महानगरको अल्टिमेटम

Yangle News
Yangle News
२०८२ कार्तिक १४ गते
अवैध संरचना हटाउन काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने समय सीमा तोकिएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्डविपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो ।

गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्डविपरीत निर्माण भएका संरचना हटाउने निर्णय गरेपछि महानगरले आज अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना खाली गर्न वा हटाउन आग्रह गरेको हो । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

सूचनाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नपाइने र सो ऐनको दफा ९७ अनुसार सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएकाले, ऐनविपरीत बनेका संरचना सात दिनभित्र स्वतः हटाउन आग्रह गरिएको छ ।

सूचना :

Yangle News