दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि नोक्सानी पुर्याउनु दण्डनीय : प्राधिकरण

Yangle News
Yangle News
२०७९ माघ १९ गते
दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि नोक्सानी पुर्याउनु दण्डनीय : प्राधिकरण

नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना जारी गर्दै  दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि नोक्सानी पुर्याउनु दण्डनीय भएको जनाएको छ ।

पछिल्लो समय विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू तथा यसका पूर्वधारमा हानी नोक्सानी पुर्‍याउने कार्य भइरहेको भन्दै यस्ता कार्य दूरसञ्चार ऐन विपरीत रहेको स्पष्ट पारेको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको सुचना जस्ताको त्यस्तै :  

 

नेपाल दूरसञ्चार प्राधिकरणको अत्यन्त जरूरी सूचना

दूरसञ्चार तथा इन्टरनेट सेवा नेपाल सरकारको अति आवश्यक सेवाको रूपमा रहेको छ। इन्टरनेट सेवा अवरोध हुदाँ इन्टरनेटमा आधारीत अन्य सेवाहरुमा समेत अवरोध हुन जाने गरेको छ। नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको छ र हालसालै विभिन्न निकायहरुबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा वाधा पर्ने किसिमका कार्यहरु गर्ने तथा यसका पूर्वाधारमा हानि नोक्सानी पुर्याउने गरी भए गरेको कार्यप्रति प्राधिकरणको गम्भिर ध्यानाकर्षण हुन गएको छ। यसरी दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्तिमा हानि नोक्सानी पुर्याउनु दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम दण्डनीय भएको व्यहोरा समेत जानकारी गराईन्छ। तसर्थ, यस किसिमका गैह्र कानुनी कार्य नगर्न/नगराउन सम्बन्धित सबै पक्षसँग प्राधिकरण अनुरोध गर्दछ। साथै, उल्लेखित कार्य गरी दूरसञ्चार पूर्वाधारमा हानी नोक्सानी पुर्याउने कार्य भएको पाइएमा नजिकको प्रहरीचौकी वा प्राधिकरणलाई जानकारी गराईदिनु हुन अनुरोध छ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

जमल,काठमाडौँ।

366 views