गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नयाँ ठेक्का !

Yangle News
Yangle News
२०८१ असार १४ गते
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नयाँ ठेक्का !

चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणका लागि नयाँ ठेक्का लागेको छ । महानगरले रंगशाला निर्माणका लागि ६८ करोडमा ठेक्का लगाएको छ । साथै उसले ४ करोड ३० लाख रुपैयाँ समेत छुट्याएको छ ।

भरतपुर महानगरपालिका-१५ मा निर्माण सुरु भएको रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ । धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण सुरु गरेको रंगशाला बीचमै छोडेपछि भरतपुर महानगर पालिकालाई जिम्मा लगाइएको छ ।

वागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरको ३० प्रतिशत लगानीमा रंगशाला निर्माण गर्ने निधो भएको थियो । महानगरले जारी गरेको सूचनामा हिमालयन-कालिन्चोक बीबीआई जेभीलाई निर्माणको जिम्मा दिइएको जनाइएको छ ।

रंगशालाको पहिलो चरणको निर्माणका लागि महानगरल गरेको टेन्डर आव्हानमा कम्पनीले झण्डै ३८ प्रतिशत कम बिडमै सो ठेक्का लिएको हो । महानगरले अनुमानित १ अर्व १० करोड लागत सहितको टेन्डर आव्हान गरेको थियो ।

398 views