बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु

Yangle News
Yangle News
२०७९ पुस १४ गते
बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।

बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।

प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए। खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो। त्यो छलफलले आजको बैठकका एजेण्डा तय गरेको हो। आजको बैठकमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम र प्राथमिकता विषयमा छलफल हुनेछ।

साथै आज बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।

333 views