कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न

Yangle News
Yangle News
२०७९ पुस ६ गते
कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार( आज) बिहान भएको मतदानमा कांग्रेसका सबै सांसदले मतदान गरेका हुन्।

निर्धारित समयभन्दा ढिला गरी  सुरु भएको मतदानमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्।

देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल साथै समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन्। यता थापाका प्रस्तावकमा अर्का नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन्।

८९ जना सांसद रहेको कांग्रेसमा दलको नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। समयपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ।