दल दर्ताको समय थप्ने आयोगको निर्णय

Yangle News
Yangle News
२०८२ मंसिर १० गते
दल दर्ताको समय थप्ने आयोगको निर्णय

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रायोजनका लागि दल दर्ताको समय थप्ने निर्णय गरेको छ । आयोगले मंसिर १४ गतेसम्म निर्वाचन प्रायोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो ।

यसअघि आयोगले दल दर्ताको समय आज सम्मका लागि तोकेको थियो । आज अन्तिम समय भनिए पनि दल दर्ता हुने क्रम जारी रहेकाले थप चार दिन थप्ने निर्णय गरेको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए ।

दल दर्ताको चाप अझै रहेकाले समय थप गरिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म आयोगमा जम्मा १ सय ३७ वटा दल दर्ता भएका छन् । त्यसैगरी १५/१६ वटा निवेदनउपर जाँचबुझ भइरहेको छ ।

निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या भने १ सय ६ पुगेको सहायक प्रवक्ता जीसीले जानकारी गराए ।

विज्ञप्ति :

Yangle News