आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता प्रकृया निर्वाचन आयोगले आज सुरु गर्दैछ ।
आयोगले उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय तोकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बदर गरेपछि चितवन–२ मा रिक्त भएको पदका लागि उपनिर्वाचन हुन लागेको हो । यस्तै तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा सांसद् पद रिक्त छ ।
यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको सांसद पदका लागि उपनिर्वाचन हनु लागेको हो ।