त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ भाडा बढाइएको विरोधमा ट्याक्सी चालकको प्रदर्शन

Yangle News
Yangle News
२०७९ मंसिर १३ गते
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ भाडा बढाइएको विरोधमा ट्याक्सी चालकको प्रदर्शन

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ भाडा बढाइएको विरोधमा ट्याक्सी चालकले प्रदर्शन गरेका छन्।

उनीहरूले विमानस्थलको आगमन गेट अघिल्तिर मंगलबार बिहान प्रदर्शन गरेका हुन्।

विमानस्थल व्यवस्थापनले आईएमएस एयरपोर्ट सर्भिस नामक कम्पनीलाई जग्गा भाडामा दिएको छ। कम्पनीले जग्गा भाडामा लिएर पार्किङ शुल्क बढाएपछि ट्याक्सी चालकले प्रदर्शन गरेका हुन्।

यसअघि प्रतिघण्टा २० रुपैयाँ पार्किङ शुल्क तोकिएको थियो। तर, एकैपटक चार गुणा बढी बढाएर ८० रुपैयाँ पु¥याइएको छ। कम्पनीले थप २० रुपैयाँ भाडा बढाउने बताएपछि ट्याक्सी चालकहरूले विरोध गरेका हुन्।

एमालेनिकट नेपाल ट्रेड युनियन (जिफन्ट)को नेतृत्वमा ट्याक्सी व्यवसायी आन्दोलित बनेका छन्।