कुन-कुन जिल्लामा छ आज बाढीको जोखिम ?

Yangle News
Yangle News
२०८२ असार ३२ गते
कुन-कुन जिल्लामा छ आज बाढीको जोखिम ?

देशका अधिकांश साना-ठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अुनमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना ‘मध्यम’ रहने औंल्याइएको छ ।

यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।