स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

Yangle News
Yangle News
२०७९ मंसिर ९ गते
स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराएका हुन्।

कांग्रेसका राजुले ३१९९९ मत ल्याए भने एमालेका मरासिनीले २८७४४ मत ल्याएका छन्। राजुले ३२५५ मतान्तरले चुनाव जितेका छन्।

दुई क्षेत्र रहेको स्याङ्जामा अर्को क्षेत्रमा भने मतगणना सुरू हुन सकेको छैन। नेकपा एमालेले कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको छ।