राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी घोषणा पत्र सार्वजनिक, राजसंस्थादेखि प्रदेश खारेजसम्म (पूर्णपाठ)

Yangle News
Yangle News
२०७९ कार्तिक १४ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी घोषणा पत्र सार्वजनिक,  राजसंस्थादेखि प्रदेश खारेजसम्म (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौँमा सोमबार राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

राप्रपाले अभिभावकीय रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज, वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र, एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने, ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’जस्ता नारा ल्याएको छ ।

यस्तै, राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नेजस्ता विषयलाई राप्रपाले आफ्नो चुनावी घोषणा पत्रमा समेटिएको छ ।

Raprapa-Ghosanapatra1667197359