काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । काठमाडौँमा सोमबार राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
राप्रपाले अभिभावकीय रुपमा राजसंस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेज, वैदिक सनातन धर्म सापेक्षा हिन्दु राष्ट्र, एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने, ‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’जस्ता नारा ल्याएको छ ।
यस्तै, राजनैतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्नेजस्ता विषयलाई राप्रपाले आफ्नो चुनावी घोषणा पत्रमा समेटिएको छ ।