सावधान ! के तपाइँ नियमित रूपमा निकै तातो चिया, कफीजस्ता पेयपदार्थ सेवन गर्नुहुन्छ ?
बेलायतमा गरिएको अध्ययनले यस्तो बानीले भोजन नलीको क्यान्सरको जोखिम बढ्ने देखिएको हो ।
वैज्ञानिकहरूका अनुसार झन्डै १० लाख मानिसमा गरिएको सो अध्ययन तातो पेयपदार्थ सेवन र भोजननलीको क्यान्सरबीच सम्बन्ध रहेको प्रमाणित गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो अध्ययन हो ।
चिया वा कफी मनतातो बनाएर पिउने मानिसहरूको तुलनामा धेरै तातो पिउनेहरूमा त्यस्तो जोखिम झन्डै तीनगुना बढी भएको पाइएको छ । तर विज्ञहरू यसबाट क्यान्सर हुने समग्र सम्भावना अन्य कारकहरूका तुलनामा अझै पनि कम रहेको बताउँछन् ।
बाफ आउने गरी तातो तरल पदार्थ सेवन गर्दा पेटसम्म पुग्ने मार्गमा रहेका कोशिकाहरूको भित्री सतहमा क्षति पुग्न सक्छ ।