करदाता प्रोत्साहन पुरस्कार घोषणा, ४१५ रुपैयाँको सामान किन्दा १० लाख

Yangle News
Yangle News
२०८३ कार्तिक १६ गते
करदाता प्रोत्साहन पुरस्कार घोषणा, ४१५ रुपैयाँको सामान किन्दा १० लाख

काठमाडौं । कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमको घोषणा गरिएको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि १५ गतेसम्मको १५ जना र एक जना बम्पर गरि १६ जना विजेताको घोषणा गरिएको हो ।

जस अनुसार १० लाखको पुरस्कार बिगमार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका गौरीशंकर पण्डितले जित्न सफल हुनुभएको छ । उहाँलाई क्रिकेट खेलाडी ललित राजवंशीले पुरस्कार जितेको जानकारी गराउनुभएको थियो ।

त्यस्तै अन्य १५ जनाले रु एक/एक लाख पुरस्कार जितेका छन् ।