एनभीए च्याम्पियनसिप : न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

Yangle News
Yangle News
२०८२ पुस १९ गते
एनभीए च्याम्पियनसिप : न्यु डायमन्ड र हेल्प नेपाललाई उपाधि

नवौं एनभीए भलिबल च्याम्पियनसिपको उपाधि महिलातर्फको उपाधि न्यू डाइमण्ड स्पोर्ट्स क्लब जितेको छ । पुरुषतर्फ साविक विजेता टिपटप हेल्प नेपालले उपाधि रक्षा गरेको छ ।

शनिबार दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न फाइनलमा हेल्प नेपाललेर त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपाल २५-२१, २५-२१ र २५-२१ ले विजयी भएको हो । आर्मी लगातार दुईपटक उपविजेतामा सीमित बनेको हो । गत संस्करणमा पनि हेल्प नेपालसँग पराजित हुँदै आर्मी उपविजेतामा सीमित बनेको थियो ।

महिलातर्फ फाइनल खेलमा न्यु डाइमण्डले नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । न्यु डाइमण्ड पुलिसविरुद्ध २५-१८, २५-१९ र २५-१८ ले विजयी भएको हो ।

आजै भएको महिला र पुरुषतर्फको तेस्रो स्थानको लागि भएको खेलमा महिलातर्फ एपीएफ क्लब तेस्रो भएको छ भने पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । महिलातर्फ नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-०को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

विजेता पुरुष र महिला टिमले पाँच/पाँच लाख रुपैयाँ प्राप्त गरे । उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ हेल्प नेपालका फखर उद्दिन घोषित भए । महिलातर्फ न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट घोषित भइन् । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । विधागत रूपमा उत्कृष्ट खेलाडीले १५/१५ हजार रुपैयाँ पुरस्कार पाए ।

Yangle News

पुरुषतर्फ

१. उत्कृष्ट सर्भर – चिरञ्जीवी खड्का (हेल्प नेपाल)

२. उत्कृष्ट स्पाइकर – मुबाशर राजा (हेल्प नेपाल)

३. उत्कृष्ट ब्लकर – दुर्गाबहादुर खड्का (त्रिभुवन आर्मी)

४. उत्कृष्ट सेटर – हरिहजुर थापा (त्रिभुवन आर्मी)

५. उत्कृष्ट लिबेरो – भीमबहादुर गाहा (नेपाल पुलिस)

६. उत्कृष्ट प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

महिलातर्फ

१. उत्कृष्ट सर्भर – सरस्वती कट्टेल (नेपाल पुलिस क्लब)

२. उत्कृष्ट स्पाइकर – निरुता ठगुन्ना (एपीएफ)

३. उत्कृष्ट ब्लकर – सुमित्रा रेग्मी (न्यु डायमन्ड)

४. उत्कृष्ट सेटर – प्रगति नाथ (न्यु डायमन्ड)

५. उत्कृष्ट लिबेरो – सलिना श्रेष्ठ (न्यु डायमन्ड)

६. उत्कृष्ट प्रशिक्षक – कुमार राई (न्यु डायमन्ड)