न्याय परिषद्ले एकसाथ २ सय १० जना न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो ।
यसरी सरूवामा पर्नेहरूमा विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरसमेत छन् । विशेष अदालतका अध्यक्ष कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ । उता सदस्यहरू तेजनारायण सिंह राईको उच्च अदालत पोखरामा सरुवा भएको छ । अर्का सदस्य रामबहादुर थापाको उच्च अदालत जनकपुरस्थित राजविराज इजलासमा सरुवा गरिएको छ ।
विशेषका सदस्य एवं न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुरमा सरूवा गरिएको छ । उता अर्का सदस्य रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पठाइएको छ । यी सबै न्यायाधीशले विशेष अदालतमा दुई वर्ष गुजारिसकेकाले सरुवा गरिएको हो । अब विशेषमा एक वर्षअघि गएका बिदुर कोइराला बाँकी रहेका छन् ।
सरुवा सूची :