प्रधानमन्त्री बालेन्द्र साह नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली अवतरण

Yangle News
Yangle News
२०८३ मंसिर ६ गते
प्रधानमन्त्री बालेन्द्र साह नेपाल एयरलाइन्सको उडानमार्फत दिल्ली अवतरण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह दिल्ली अवतरण हुनुभएको छ । प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  हुनुभएको हो ।

विमानस्थलमा उहाँलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत स्वागत गर्नुभएको छ ।

Yangle News

विमानस्थलबाट प्रधानमन्त्री साह सिधै होटल ताजमहल पुग्नेछन् । होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

Yangle News

भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री साह भारत प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।