३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा

Yangle News
Yangle News
२०८३ मंसिर २ गते
३९ वर्षपछि बाकेँका राप्ती सोनारीका १० भूमिहिनले पाए लालपुर्जा

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति बाकेँले १० भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा राप्ती सोनारी गाँउपालिका वडा नं ४ का ३ भूमिहिन दलित र ७ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। उनिहरु २०४४/४५ सालदेखि सोहि क्षेत्रमा बसोबास गर्दै आएका थिए।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।