विराटनगर । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको १२ औं केन्द्रिय महाधिवेशन सुरु भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा सुरु महाधिवेशनको उद्घाटन विरेन्द्रसभा गृहमा भएको हो । औपचारिक उद्घाटन हुनुअघि विराटनगरका वरिपरि र्याली भएको थियो । र्याली पछि सभागृहमा पुगेर औपचारिक उद्घाटन भएको महाधिवेशन प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा संस्थापक पुर्वअध्यक्ष तथा किरात राई समुदायका अगुवाहरुको आतिथ्यतामा कार्यक्रम भएको हो । देश तथा प्रवास संगठनका करिव ४ सय हाराहारी प्रतिनिधि तथा पर्यवेक्षक रहेको महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
महाधिवेशन २५ गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।