राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ

Yangle News
Yangle News
२०८२ भदौ ११ गते
राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ

नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

समिति सभापतिमा मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी न्यौपानेलाई आज सभामुख देवराज घिमिरेले न्यौपानेलाई शपथ गराएका हुन् । न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् ।

२०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।

यसअघिका सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।