७७ वटै जिल्लाका सीडीओलाई गृह मन्त्रालयको ६२ बुँदे निर्देशन

Yangle News
Yangle News
२०८२ कार्तिक २ गते
७७ वटै जिल्लाका सीडीओलाई गृह मन्त्रालयको ६२ बुँदे निर्देशन

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ६२ बुँदे निर्देशन जारी गरेको छ । आइतबार सचिवस्तरीय निर्णय गरी ६२ बुँदे निर्देशन जारी गरेको हो ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, कारागार प्रशासन र विपद व्यवस्थान लगायतका सम्बन्धमा निर्देशन जारी गरिएका छन् ।

प्रशासनले कुनै पनि प्रदर्शन गर्नुपूर्व पूर्वस्वीकृति लिने व्यवस्था गर्न निर्देशन जारी गरेको छ । हिंसात्मक र कुनै पनि पक्षलाई उत्तेजित नहुने गरी शान्तिपूर्ण तरिकाले गर्ने वातावरण मिलाउन पनि निर्देशन दिइएको छ । त्यस्तै हतिया तथा खरखजाना फिर्ता ल्याउन सुरक्षा निकायहरूले कार्ययोजना बनाएर संयुक्त रूपमा सेक्युरिटी अपरेशन सञ्चालन गर्ने र नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्ति सुरक्षामा गम्भीर असर पर्ने घटनाहरू तत्कालै जाहेर गर्न पनि भनिएको छ । त्यस्तै निर्वाचनको वातावरण बनाउन पनि निर्देशन दिइएको छ । सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित पेट्रोलिङ बढाउने भनिएको छ ।

निर्वाचन विरोधी गतिविधि तथा भूमिगत समूहले गर्ने क्रियाकलापहरूको पहिचान गर्न र नियन्त्रण गर्न पनि निर्देशन जारी गरेको छ ।

निर्देशन: